खुल्ला न्यूज
आईएमई लाइफ इन्स्योरेन्स जितपुर शाखाको आयोजनामा मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न भएको छ ।
२० लाख बीमाङ्कको बीमा गरेका सैनामैना -१, रुपन्देहीका हरि बहादुर पान्डे कोभिडका कारण मृत्यु भएपछी कम्पनिले निजको इच्छाएको ब्यक्ति बुबा गुम बहादुर पान्डेलाई २१ लाख २० हजार १ सय ८८ रुपैयाको चेक हस्तान्तरण गरेको छ । १ लाख ४५ हजारका दरले ३ वटा किस्तामात्रै बुझाएका पाण्डे परिवार २० लाख भन्दा धेरै रकम एकमुष्ट पाउँदा केही रुपमा आश्रीत परिवारलाई आर्थिक सहयोग पुगेको बताएका छ्न ।
उक्त कार्यक्रममा कम्पनिका प्रदेश प्रमुख प्रेम प्रसाद तिमिल्सेना , तालिम बिभाग प्रमुख सुनिल आचार्य , क्षेत्रीय शाखा प्रमुख राजेन्द्र पन्थी लगाएत समाजसेवी ,बुद्धिजीवी ,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै मृतक का बाबू हरी बहादुर पाण्डेले बास्तममै बीमाले भुक्तानी दिने रहिछ,दावी भुक्तानी दिदैन भनेर गलत प्रचार कसैलाई नगर्न र भोलि कसैले देखेको छैन जे पनि हुन सक्छ । तेसैले आजै आईएमइ लाइफमा जीवन बीमा गर्न आग्रह समेत गर्नुभएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs