२८ जेठ,खुल्लान्यूज
पालिका ब्यूरो । चन्द्रकोट गाउँपालिका गुल्मीको दोस्रो कार्यपालिका बैठक सम्पन्न भएको छ । नवनिर्बाचित अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा भएको बैठकले बिषयगत समितीहरु गठन गरेको छ ।
पूर्वाधार विकास समितीको संयोजक वडा नम्बर १ का वडा अध्यक्ष घनश्याम खरेल भएका छन । सामाजिक विकास समितीको संयोजक वडा नम्बर ८ का वडा अध्यक्ष फणीन्द्रराज अर्याल, आर्थिक विकास समितीको संयोजक वडा नम्बर ४ का वडा अध्यक्ष बलबहादुर बस्नेत भएका छन । त्यस्तै सार्बजनिक सेवा तथा क्षमता विकास समितीको संयोजक कार्यपालिका सदस्य बिष्णुमायाँ सापकोटा सर्बसम्मत भएकी छन । वन वातावरण तथा बिपद ब्याबस्थापन समितिको संयोजक वडा नम्बर ५ का वडा अध्यक्ष पृथ बहादुर कार्की भएका हुन ।
चन्द्रकोट गाउँपालिकाले स्थानीय सरकारको प्रबक्तामा घनश्याम खरेललाई तोकेको छ । साथै लेखा समितिको संयोजकमा वडा नम्बर ३ का वडा अध्यक्ष डिल्लीराज सुबेदी भएका छन । विधायन समितिको संयोजक कार्यपालिका सदस्य बिष्णुकला थापा र सुशासन तथा संस्थागत विकास समितीको संयोजक कार्यपालिका सदस्य सुर्य बहादुर बस्याल भएका छन ।
अर्को कार्यपालिका बैठक असार ४ गते बस्ने साथै असार ६ गते नीति तथा कार्यक्रम पेश गर्ने र असार ९ गते आ.व. २०७९/०८० को बजेट पेस गर्ने निर्णय सर्बसम्मत भएको गाउँपालिकाका सुचना अधिकारी शिवप्रसाद ज्ञवालीले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय