२०७९ जेठ ४ गुल्मी ।
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जनार्दन घिमिरे र पालिकाका अधिकृत टंक पन्थीले संचालन गरेको सार्वजनिक सुनुवाई र नीति तथा कार्यक्रम तर्जुमाको लागि सुझाब संकलन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि , कर्मचारी , राजनैतिक दलका नेता , शिक्षक , पेशागत संगठनका अध्यक्ष एवम् प्रतिनिधि , युवा , बिद्यार्थी , महिला स्वास्थ्य स्वयंसेविका लगायत स्थानियको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा पालिकाले संचालन गरेका योजनाको बिषयमा सहभागिले जिज्ञासा राखेका थिए भने जवाफदेही वक्ताको रुपमा बिषयगत शाखा प्रमुख एवं जनप्रतिनिधिले जवाफ दिएका थिए ।
सार्वजनिक सुनुवाई र नीति तथा कार्यक्रम माथिको सुझाब संकलन कार्यक्रमलाई संबोधन गर्दै पालिका अध्यक्ष सरोज कुमार थापाले पालिकालाई आएका सुझाब वास्तवमै अनुकरणीय रहेको भन्दै सहर्ष ग्रहण गरेको बताउनुभयो । वहाँले सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकांसले सन्तुष्टि व्यक्त गर्नुले पुर्ववर्ती सरकारले जनमुखी काम गरेको रहेछ भन्ने प्रमाणित गरेको बताउनुभयो ।
सुनुवाईका क्रममा उठेका जिज्ञासा एवम् प्रश्नको जवाफ दिदै पालिका उपाध्यक्ष तारा थापा ढेंगाले सार्वजनिक सुनुवाई , निति तथा कार्यक्रममाथिको सुझाब संकलन जस्ता कार्यक्रममा यसरी सहभागिता बढ्नु खुसिको कुरा भएको उल्लेख गर्नुभयो । वहाँले स्थानिय राजस्व परामर्श समितिको संयोजक आफू रहेकाले करको दर होइन दायरा बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अनुगमन र सुपरिवेक्षण समितिको संयोजक आफू रहेकाले प्रत्येक योजना सफल बनाउन अनुगमन र सुपरिवेक्षणलाई चुस्त दुरुस्त बनाउने बताउनुभयो
अगाडि कार्यक्रमलाई संबोधन गर्दै उपाध्यक्ष थापाले भन्नुभयो न्यायीक समितिको संयोजक पनि म नै भएकाले स्थानिय स्तरबाटै वास्तविक न्याय दिन हर तबरले लाग्ने छु , कोहि नागरिकले अन्यायमा परेको अनुभूति गर्नु नपरोस भन्नका निम्ति म प्रतिबद्ध छु ।
कार्यक्रमलाई संबोधन गर्दै पालिकाका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण पाण्डेले सार्वजनिक जवाफदेहीतामा गुल्मीदरबार गाउँपालिका अग्रस्थानमा रहेको दाबी गर्नुभयो
उहाँले पालिकामा नागरिक सेवाग्राहीको संतुष्टि सर्वेक्षण गरिएको त्यस्को अध्ययन गरि कमिकमजोरी सुधारका निम्ती कार्यपालिका बैठकमा छलफल गरि कार्यान्वयन गरिएको जानकारी गराउनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs