खुल्ला न्युज, मसिकोट
गुल्मीको मुसिकोटमा शुक्रबारदेखि सुरु भएको चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सुरु भएको छ ।

कार्यक्रमको उद्घाटनसङ्गै गरिएको मार्च पासमा १२ विद्यालय सहभागि भएका थिए । जसमा महेन्द्र आदर्श नमुना मा बि वामीटक्सार,त्रिभुवन मा बि भुवाचिदि,शारदा विद्या मन्दिर मा.बि.वामीमैदान,सीतापुर मा बि अर्लाङ्गकोट,युनिक चिल्ड्रेन एकेडेमी भुवाचिदि,मालिका इङलिस बोर्डिङ स्कुल वामीटक्सार,नेपाल राष्ट्रिय मा बि इन्द्रेगौडा,जनज्योति मा बि अरेवा,मुसिकोट मा बि बडागाउ, नेपाल राष्ट्रिय सर्वोदय मा बि पौदिअमराइ,पृथ्वी मा बि बडागाउ,दुर्गाभवन मा बि आपचौर सहभागी थिए ।

सहभागीमध्ये उत्कृष्ट मालिका इङलिस बोर्डिङ्ग स्कुल वामीटक्सार ,द्वितीय युनिक चिल्ड्रेन एकेडेमी भुवाचिदि, त्रितिय त्रिभुवन मा बि भुवाचिदि भएका छन ।
उद्घाटन सत्रको कार्यक्रम समापनसङ्गै सटफुटबाट प्रमुख प्रशाशकिय अधिकृत भुषालले खेल उद्घाटन गर्नुभएको हो ।
त्यस लगत्तै सुरु भएको छात्र सटपुट प्रतियोगितामा नेपाल राष्ट्रिय मा बि इन्द्रेगौडा प्रथम,महेन्द्र आदर्श नमुना मा बि वामी द्वितीय,दुर्गाभवन मा बि आपचौर तृतिय भएका छन ।

त्यस्तै छात्रा सटपुट छात्रा तर्फ त्रिभुवन मा वि भुवाचिदी प्रथम,नेपाल राष्ट्रिय मा.वि इन्द्रेगौडा द्वितीय र महेन्द्र आदर्श नमुना मा वि तेश्रो स्थानमा प्राप्त गर्न सफल भएका छन् ।

उद्घाटनसत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुषालले कार्यक्रमको सफलताको शुभकामना दिदै खेलकुदले बिग्रेका सम्बन्धसमेत सुधार गर्ने इतिहास बोकेकाले खेलको छुट्टै महत्व रहेको बताउनुभएको छ ।

पाकिस्तान र अमेरिकाको बिग्रेको सम्बन्ध पनि खेल क्षेत्रले नै सुमधुर गराएको स्मरण गर्दै उहाले खेलमार्फत सामाजिक सद्भाव,आपसी मेलमिलाप लगायतका काममा सहभागी भइ आम खेलप्रेमी समाजसेवी,राजनीतिज्ञहरुलाई खेल क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन उहाले आग्रह गर्नुभयो ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुषाल, नि वर्तमान उप प्रमुख कमला शर्मा,वडाध्यक्षहरु,पार्टीका प्रतिनिधिहरु,कार्यपालिका सदस्यहरु विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु,विद्यार्थीहरु,संघसस्था तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चौथो राष्ट्रपति रनिङ्ग शिल्डको कार्यसम्पादन समितिका सम्योजक चुरा बहादुर छन्त्यालको अध्यक्षता, योजना शाखा सहायक विष्णु प्रसाद खरेलको सञ्चालन र त्रिभुवन मा वि भुवाचिदिका प्रधानाध्यापक जीत बहादुर रायमाझीको स्वागत मन्तव्य रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर