प्रकाश चालिसे, गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका वडा न. २ मा मनसुन सुरु हुनु पुर्वनै पहिरोको जोखीम देखीएको छ । शुक्रबार परेको ठुलो पानिका कारण ३ घर बसोबास गर्न नमिल्ने गरी पहिरोको जोखिममा परेका छन् ।
पहिरोका कारण मुसिकोट २ को पात्लाकोटका पुर्ण बहादुर नेपाली र मान बहादुर विकको घर पहिरोले पुरी धेरै जोखीममा रहेको स्थानिय राजन घिमिरेले बताएका छन भने सालबिसौना स्थित भिम बहादुर सार्कीको घर अगाडीनै ठुलो पहिरो गएका कारण जोखीममा रहेको त्यहाँ स्थित सुर्य नेपालीले जानकारी दिए साथै उनका अनुसार सालबिसौनाका १५ घरधुरिले खाने लामाढुङ्गा रहेको खानेपानीको ट्याङ्की पुर्ण रुपमा पहिरोले बगाएको छ ।
मनसुन सुरु हुनु पुर्व नै पहरोको जोखीम बढेसँगै स्थानिय त्रसित बनेका र पानी आउँदा रातको समयमा पनी जागै बस्ने गरेको स्थानीय बताउँछन । यहि स्थानमा ३ वर्ष अगाडी पहिरोका कारण धेरै घर तथा पशुधनको ठुलो क्षती भएको थियो । स्थानियहरु पुरानै अवस्था दोहोरीने डरमा धेरै त्रसित रहेका छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs