खुल्ला न्युज
गुल्मीको इस्मा गाउँपालिकामा आइतबार राती गोठमा आगोलागी हुँदा एक परिवारको पाँच लाख भन्दा बढिको क्षती भएको छ ।
वडा नम्बर ३ रामकोट निवासी तुल्सी खत्रीको गोठमा भैसिलाई कुडो पकाउने आगो बाल्ने क्रममा फैलिएको हो । आगोबाट पशु चौपायहरू स्थानियले बचाय पनि गोठ जलेर पुर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ ।
गोठमा रहेको जिन्सी कपडा लत्ता सहित ५ लाख ३५ हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर