खुल्ला न्युज
२१ असार २०७९ गुल्मी
गुल्मीको रूरूक्षेत्र गाउँपालिकाका सम्पुर्ण विद्यालयलाई शैक्षिक सामाग्री वितरण एक कार्यक्रम बिच सम्पन्न भएको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रूरूक्षेत्रका ४३ वटा विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

शैक्षिक सामाग्री अन्तर्गत रूरूका ७ वटा माध्यमिक विद्यालयमा १/१ वटा ल्यापटप, सम्पूर्ण विद्यालयका लागि शुद्ध खानेपानीको उपलब्धतालाई १/१ सेट युरोगार्ड, ट्यङ्की, खेलकुद सामाग्री अन्तर्गत भलिवल, पम्प, क्यारेमबोर्ड, लुडो, चेस, स्किपिङ, बालकक्षा शैक्षिक सामाग्री अन्तर्गत ABC म्याट आदि सामाग्री वितरण गरिएको छ ।

कार्यक्रममा पालिका अध्यक्ष यदु ज्ञवालीले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमले शैक्षिक क्षेत्रमा सुधारका धेरै काम गरेको र विद्यालयमा गुणस्तरीय शिक्षाको लागि सहयोग गरेको बताएका छन् । उनलेे यश कार्यक्रममा वितरण भएका शैक्षिक सामाग्रीले शिक्षणसिकाईमा सहजता र प्रभावकारीता ल्याउने बताए ।

कार्यक्रम गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष , कार्यक्रम सहजकर्ताको आतिथ्यता तथा शिक्षा शाखा प्रमुख तेज बहादुर कुमालको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय