२२ असार, खुल्लान्यूज
पालिका ब्यूरो । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले असार २५ गते सार्बजनिक सुनुवाइ कार्यक्रम राखेको छ । सेवा प्रवाहलाई प्रभावकारी गराउन साथै पालिकाबाट प्रवाह भएका सेवाहरुमा थप सुझाब र गुनासो समेत प्राप्त होस भनी सार्बजनिक सुनुवाइ कार्यक्रम राखिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत ईन्द्र बहादुर क्षेत्रीले बताएका छन ।
पालिकाबाट प्रदान गरिने सेवा नागरिक समक्ष सहजै पुगोस साथै नागरिकले आफुले प्राप्त गर्ने सेवा झण्झटिलो नहोस भन्ने आफ्नो चाहाना रहेको र त्यही अनुरुप सेवा प्रवाहमा आफुहरु लागीरहेको प्रमुख प्रशासकिय अधिकृत क्षेत्रीले बताएका छन ।
२५ गते हुने सार्बजनिक सुनुवाइमा जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सन्चारकर्मी कर्मचारी शिक्षक निर्माण ब्याबसायी सघसस्थाका प्रमुख प्रतिनिधि क्लब आमा समूह साथै उपभोक्ता समिती अध्यक्ष साथै सरोकारवाला सबैको उपस्थिती रहने सुचना अधिकारी शिव प्रसाद ज्ञवालीले बताएका छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs