गुल्मी, २९ असार
आफ्नो जन्मदिनको अवसरमा एक विद्यार्थी नेताले विद्यार्थीलाई शैक्षिक सागम्री प्रदान गरेका छन् । माओवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अनेरास्ववियू क्रान्तिकारी गुल्मी जिल्ला कमिटी उपाध्यक्ष रमेश पाण्डेले शैक्षिक सामग्री प्रदान गरेका हुन् । उनले धुर्कोट गाउँपालिका –६ रजस्थलस्थित धुर माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत सुनिता बन्जाडेलाई तीन दर्जन कापी, झोला, एक जोर पोशाक लगायतका सामग्री प्रदान गरेका हुन् । त्यसका साथै उनले विद्यालयमा चालु शैक्षिक सत्रको लागि आवश्यक पर्ने सबै खर्च आफुले व्यहोर्ने बताएका छन् । बुधबार जन्मदिनको अवसरमा एक कार्यक्रमबीच उनले विद्यालयमै पुगेर सामग्री हस्तान्तरण गरेका हुन् । विद्यालयका प्रध्यानाध्यापक लक्ष्मी प्रसाद खनालले सहयोग गर्ने पाण्डेलाई धन्यवाद् दिदैँ जन्मदिनमा हुने फजुल खर्चलाई शैक्षिक क्षेत्रमा लगाउन सके विपन्न बालबालिकाहरुको भाविष्यमा टेवा पुग्ने बताए ।