खुल्ला न्युज,
सुनिल क्षेत्री, गुल्मी ।

गुल्मीको चन्द्रकोट गाउँपालिकाको शान्तीपुर बजारमा केहीदिन देखी भुसिया कुकुरको आतङ्क बढेपछी भुसिया कुकुर लाई रेबिज बिरुद्दको खोप दिन सुरु गरीएको छ ।

केही दिन अघि बागलुङ को बरेङ्ग गाउपालिका वडा न ४ थपलुङ हुँदै चन्द्रकोट गाउपालिका ४ शान्तिपुर आएको भुसिया कुकुरको आतंक ले स्थानिय निकै त्रसित भए त्यो बेला करिब 12 जना उक्त कुकुर मार्फत टोकिएका बिरामी हरू संपर्क मा आये लगत्तै रेबिज भ्याक्सिन को अभाव मा तम्घास रिफर गरिएको थियो उनीहरुको स्वास्थ्य सामान्य रहेको घरपरिवार ले जनाएको छ ।

मिति 2079-04-04 गते चन्द्रकोट गाउँपालिका को स्वास्थ्य शाखा पशु सेवा प्राविधिक इश्वरी प्रसाद वली, नायब पशु सेवा प्राविधिक लक्षमण गुरुङ र पन्छी बहुउद्देश्य सहकारी संस्थाका संस्थापक सक्रिय सदस्य कमल खत्री र पिआर मिया र स्थानिय ईश्वर श्रेष्ठको टोली द्वारा उक्त जोखिमपूर्ण काम 22 ओटा भुसिया कुकुर लाई रेबिज बिरुद्दको खोप लगाएर पहिचानको लागि रातो रंग लगाइएको छ । केही दिन देखि स्थानीय हरू निकै त्रसित भए पनि चन्द्रकोट गाउँपालिका र पन्छी सहकारी को यो नवीनतम काम को प्रसंसा निकै भएको थियो ।

कुकुर छोप्ने यन्त्र को अभाव को खोजी मा रहेको बेला चन्द्रकोट गाउँपालिका लाई पन्छी सहकारी संस्था का युवा हरु ले निर्माण गरेको कुकुर छोप्ने यन्त्र निकै प्रभाकारी भएको बताउँछन् स्थानीय ।

आगामी दिनमा रेबिज को भ्याक्सिन लगाउन छुटेका कुकुर हरुलाई भोलि देखि चन्द्रकोट गाउँपालिका मा भ्याक्सिन उपलब्ध गराइने गाउँपालिका स्वास्थ्य शाखा स्रोत ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय