प्रियङ्का पन्थी
६ साउन २०७९, गुल्मी ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. १२ मा एमाले परित्याग गरि दर्जन वढि कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

रेसुङ्गा नगरपालिका १२ मा एक कार्यक्रम बिच एमाले परित्याग गरि निमकला राना ,भगवती राना लगायत दर्जनाै एमाले कार्यकर्ता नेकपा माओवादि केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रका रेसुङ्गा नगरपालिका अध्यक्ष गिरि महाकिमले जानकारी दिए ।

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीर बहादुर कार्की , प्रदेश सदस्य अशोक थापा, प्रदेश शभा सदस्य गिता थापा, पार्टीका नगर अध्यक्ष गिरि महाकिम लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय