हुमाकान्त पोखरेल
गुल्मी, १८ भदौ । केही समय अगाडी आर्थिक संकटकाल घोषणा गरेको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले एक करोड सहयोग गर्ने भएको छ । नगरपालिकाको बार्षिक बजेटमा ५० लाख बिनियोजन गरिएको र सोही रकममा ५० लाख थप गरी एक करोड पुर्याइएको नगरपालिकाले जनाएको छ । शनिबार नगरपालिकाले पत्रकार सम्मेलन गर्दै क्याम्पसलाई गरेको सहयोगबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख खिलध्वज पन्थीले क्याम्पसमा आर्थिक दायित्वको समस्यालाई समाधान गर्न बजेट प्रदान गरिएको बताए । ‘क्याम्पस एकातर्फ आर्थिक संकटमा छ भने अर्कोतर्फ नयाँ बिषय ल्याएर विद्यार्र्थी आकर्षित गर्ने चुनौती छ ।’ नगरप्रमुख पन्थीले भने, ‘क्याम्पस गुल्मीको भाविष्य हो, यसमा दलगत स्वार्थ छैन ।’
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs