२७, कार्तिक खुल्ला न्यूज
राजधानी ब्यूरो । निक्कै विवादका बिच नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को बैठक बस्ने मिति जुरेको छ ।
धेरै पटक दुई अध्यक्षको सहमती हुन नसक्दा बैठक बस्न सकेको थिएन । यसपाली बैठकको लागी प्रधामन्त्री समेत रहेका नेकपाका अध्यक्ष के.पी. शर्मा ओलीलाई मनाउन ठुलै मेहनत गर्नु पर्यो । बैठकको लागी ओलीले सहमती नदिएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ पटकसम्म सचिवालयको अनौपचारीक बैठक बसाले र बैठकको लागी बहुमत सदस्यको लिखित अनुरोध समेत ओलीलाई पठाए । बैठकको लागी रुचि नदेखाएका ओलीलाई प्रचण्डले सहमती नभएपनि आफुले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्दै सचिवालयको औपचारीक बैठक राख्ने सन्देश बलुवाटर पठाएपछि ओलीले सहमती दिएका हुन ।
दुबै अध्यक्षको सहमतीमा महासचिव बिष्णु पौडेलले भोली शुक्रबार दिउस ४ बजेका लागी बैठक बोलाएका छन । निक्कै विवादका बिच हुन लागेको यस बैठकले के निर्णय गर्छ त ? सबैको चासो बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय