५ आश्विन २०७९,
गुल्मी । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ औं वार्षिकोत्सवको अवसरमा गुल्मी शाखाले बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । गुल्मी शाखाले बार्षिकउत्सवको अवसरमा रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीमाझ बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीले आयोजना गरेको बीमा सचेतना कार्यक्रममा प्रशिक्षण भने गुल्मी शाखा प्रमुख सन्तोष कुँवर क्षेत्रीले प्रदान गरेका थिए ।कार्यक्रममा क्याम्पसका प्राध्यापक, विद्यार्थीहरु र कम्पनीका मार्केटिङ म्यानेजर तथा कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs