खुल्ला न्यूज, गुल्मी ।
आईएमई लाइफ इन्स्योरेन्स गुल्मी शाखाको आयोजनामा मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न भएको छ ।
आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखामा २०७८ चैत्रमा १ लाख बिमाङ्कको गुल्मीदरबार ५ निवासी रिता पन्थी प्रस्तावक बनी छोरी सुप्रीया पन्थी को नाममा बाल उज्ज्वल जिबन बिमा गरेकि प्रस्तावक रिता पन्थिको डेङ्गिको कारण २०७९ भाद्र महिनामा मृत्यु पश्चात् विमित सुप्रीया पन्थिले मासिक १०००/-“एक हजारका दरले रकम प्राप्त गर्ने गरि दाबी भुक्तानी गरिएको एजेन्सी मेनेजर बिष्णु खत्रीले जनाए |
उक्त कार्यक्रममा प्रमुख अतिथी आई एम ई लाईफका एरिया प्रमुख खुमलाल अर्यालले जीवन बिमाको महत्त्व दिनानुदिन बद्डै गैराखेको बिमा साना छन भने थप जीवन बिमा पिलिसी लिन र हुँदै नभएकाहरुलाई आजै जीवन बिमा पोलिसी खरिद गर्न आग्रह गरे |
साथै गुल्मी शाखाका शाखा प्रमुख बिमल छन्तेलले रिता पन्थिको असमाहिक निधनले कम्पनी परिवार स्तब्ध भएको बताउदै आगामी दिनमा पढाइ खर्च स्वरुप सुप्रीया पन्थिले मासिक १०००/-“एक हजारका दरले रकम प्राप्त हुने जानकारी दिए| बाकी किस्ता रकम छुट पाउने गरि बिमा समाप्तिमा बिमाङ्ग रु १,००,०००/-“एक लाख र बोनस रकम समेत प्राप्त गर्ने उनले प्रस्ट पारे |
कार्क्रममा अमर अर्वाथोक स्वास्थ चौकि प्रमुख , स्थानिय शिक्षक , बुद्दिजिबी , समाजसेबी , कम्पनिका एजेन्सी प्रतिनिधिको उपस्तिथि रहेको थियो भने कार्यक्रम संचालन कम्पनिका एजेन्सी म्यानेजर बिष्णु कुमारी खत्रीबाट भएको थियोे |