देउखुरी

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रको व्यवस्थापनलाई तीव्र पारिएको छ ।

मुख्यमन्त्री कार्यालयका सामान बुटवलबाट देउखुरी सारिएलगत्तै स्थायी राजधानीको कार्यालयमा रंगरोगनका साथै सरसफाई लगायतका कार्यलाई तिव्र पारिएको हो ।

राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यका देउखुरीअन्तर्गत राप्ती गाउँपालिकाको बजार क्षेत्र तथा लमही–भालुवाङ सडक खण्डको ठाउँ ठाउँमा स्वागत गेट निर्माण,प्रतिक्षालय रंगरोगन र सरसफाई धमाधम भइरहेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।

विशेषगरी भालुवाङ बजार, मौरीघाट क्षेत्र, पिपरी बजार, सिसहनियाँ बजार, सिंगेखोलालगायत क्षेत्रमा स्वागत गेटहरू निर्माण गरिएका छन् भने प्रतिक्षालयहरू पनि रंगरोगन गरिएको छ ।

राप्ती गाउँपालिकाले राजधानी व्यवस्थापन तथा कार्यान्वयनका लागि मूल समितिसहित विभिन्न उपसमिति बनाएर जिम्मेवारी अनुसार काम भै रहेको जनाएको छ ।

नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको सपथग्रहण तथा बैठक स्थायी राजधानी देउखुरीमा राख्ने तयारीमा प्रदेश सरकार जुटेको छ । अहिले प्रदेशसभा भवन निर्माण समेत अन्तिम चरणमा पुगेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय