गुल्मी,२०७९ पाैष ०२ ।
आएम् लाइफ इन्स्योरेन्स, गुल्मी शाखाले मृत्यु दाबी भुक्तान कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सका बीमित छत्रकाेट गाउँपालिका -५ निवासी पम्फा कुमालकी छाेरी १८ बर्षकी भुमिश्वरा भुसालकाे मृत्यु भएबापतकाे दाबी रकम भुक्तान गरेको हाे । पम्फा कुमाल प्रस्तावक बनी छाेरी भुमिश्वराकाे ०७६ कात्तिकमा एक लाख बिमाङ्ककाे `बाल उमङ्ग जीवन बीमा´ भएको थियाे ।
तर सामान्य ज्वराे र रूघाखाेकीका कारण गत भाद्र महिनामा बिमित भुमिश्वराकाे मृत्यु भयाे । मृत्युपश्चात् आवश्यक कागजात पेश गरेपछि दाबी रकम भुक्तान गरिएको एजेन्सी म्यानेजर रमेश नेपालीले जानकारी दिए । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि छत्रकाेट गाउँपालिका -५ का वडाध्यक्ष राम प्रसाद कडेलले जन्म संयाेग भएपनि मृत्यु निश्चित भएको भन्दै बीमाकाे महत्त्व दिनप्रतिदिन बढ्दै गएकाे बताए ।
आइएम्ई लाइफ इन्स्योरेन्स, गुल्मी शाखा प्रमुख बिमल छन्त्यालले बीमित भुमिश्वराकाे निधनप्रति इन्स्योरेन्स परिवार स्तब्ध भएको बताउँदै बिमा प्राधिकरणको नँया नियम अनुसार बच्चा ( बिमित) को मृत्युमा तत्कालै बिमाङ्गको २५% पहिलो चरणको दाबी अन्तर्गत अहिले २५ हजार भुक्तान गरेको जानकारी दिए । आगामी बाकी अबधीमा पुरै किस्ता रकम छुट र बिमा अबधी समाप्ती भएपछि (सन २०३४ मा) बाँकी बिमाङ्गकको ७५% र आर्जित बोनस प्रदान गरिने बताए ।
कार्यक्रम आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी एरियाका एरिया प्रमुख खुमलाल अर्यालको अध्यक्षता, एजेन्सी म्यानेजर रमेश नेपालीको सन्चालनमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा BSA staff नवीन पान्डे, स्थानीय, शिक्षक , बुद्दिजिबी , समाजसेवी र कम्पनिका अभिकर्ताहरुको समेत उपस्थिति थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs