१६ पुस २०७९, गुल्मी ।
वनभोज खाने क्रममा विवाद हुँदा गुल्मीको पुर्कोटदहमा एक युवामाथि सांघातिक आक्रमण भएको छ । मदाने गाउँपालिका– ६ का १८ वर्षीय सन्तोष कुँवरमाथि आक्रमण भएको हो । स्थानीय कन्के देउरालीमा वनभोज खान गएका मदाने– ६ कै ३३ वर्षीय रमेश परियारले कुवरलाई सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन रानाभाटले जानकारी दिए ।
घाइते कुवरको दाइने हातमा ठूलो चोट लागेको छ । उनलाई उपचारको लागि अर्घाखाँची अस्पताल पठाइएको रानाभाटले बताए ।
प्रहरीले परियार र प्युठान झिमरुक गाउँपलिका– ४ बाङेसालका १८ वर्षीय प्रशान्त परियारलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको एसपी रानाभाटले बताए ।
घाईतेको तस्विर बासुदेव पोखरेल :