काठमाडौं ।
नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।
बिहीबार संघीय संसदमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्दी रहेका नेकपा एमालेका सुवास चन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मत प्राप्त गरेका छन्।