प्रकाश चालिसे,गुल्मी
०३ चैत्र २०७९
पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा सत्यवती-६ , गुल्मी बाबा जगन्नाथ भण्डारी र सावित्रा भण्डारीले आफ्नो छोरा बिबस भण्डारीलाई जन्मदिनको अबसरमा बुटवल शाखामा आई एम ई बाल किरण जिवन बिमाको पोलिसी उपहार स्वरुप दिनुभएको छ । जन्मदिनमा केही रकम भएपनी छोराको लागि बचत र भविस्यमा हुने जोखिम हस्तान्तरणको लागि छोराको जन्मदिनको अवसर पारेर बीमा पोलिसी उपहार दिएको बाबा जगन्नाथले बताउनु भयो ।

विभिन्न पर्व ,उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने जोखिम ब्यावस्थापन तथा अनिवार्य बचतको उद्देश्यले जन्मदिनको अवसरमा बीमा गरी पोलिसी उपहार स्वरुप दिएको बताउनुभयो ।

आई एम ई बाल किरण जीवन बीमा एक उत्कृष्ट बीमा योजना रहेको र यसले सानो सानो बचत बाट भविस्यमा आइपर्ने हरेक आर्थिक समस्यालाई समाधान गर्न सकिने तथा भविस्यमा जोखिम बहन समेत भइरहने भएकोले पनि यो बिमा निजका लागि उत्कृष्ट रहेकोले यो जीवन बीमा खरिद गरेको बिमितकि आमा साबित्रा भण्डारीको भनाइ रहेको छ । उक्त जन्मोत्सव कार्यक्रममा क्षेत्रीय शाखा प्रवन्धक राजेन्द्र पन्थी , शाखा प्रमुख नारायण गौतम, नमराज भुसाल लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय