काठमाण्डौ , ३ असार ।
उचीत मुल्य नपाएको भन्दै कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन्।
काठमाण्डौ, ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेर विरोध जनाएका हुन्। आज गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै गोलभेँडा फालेका हुन।
उनीहरुले एक क्रेटमा सय रूपैयाँ पनि नपाउने आधा भन्दा बढी बिचौलियाले खाने गरेकाले आफुहरु मारमा परेको बताएका छन । साथै कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहान कायम गरिने मूल्य ८ बजेपछि परिवर्तन हुनाले पनि किसान मारमा पर्ने गरेको उनीहरुले बताएका छन।
सरकारले किसानलाई उचीत मुल्य नदीए माइतीघर र सिंहदरबारअगाडि गोलभेँडा फाल्लेर वीरोध गरेने उनीहरुले चेतावनी दिएका छन।