त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गर्न चार अर्ब १५ करोड विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् ।
त्यस्तै, आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउन आवश्यक कार्य गरिने उनले बताए ।
पोखरा विमानस्थललाई पर्यटकीय हब बनाउने बजेटमा उल्लेख छ । गौतम बुद्ध विमानस्थललाई पर्यटक र श्रमिकहरूका लागि किफायती हुने गरी सञ्चालनमा ल्याउन सकिने र कार्गो सेवामा सहुलियत दिने उनले बताए।
वैकल्पिक वित्त जुटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने प्रक्रिया अघि बढाइनेछ ।




