२९, कार्तिक खुल्ला न्यूज
राजधानी । स्वास्थ्य क्षेत्रको शुद्धिकरणको लागी पटक–पटक अनसन बस्दै आएका डा. गोबिन्द के.सी.ले सरकारले आफ्नो उपचार खर्च बेहोर्न नपर्ने बताएका छन ।
उनले आफू कोभिड–१९ बाट संक्रमित भएपछि प्रधानमन्त्रीले दिनुभएको स्वास्थ्यलाभको शुभकामनाको लागी धन्यवाद ब्यक्त गरेका छन । प्रधानमन्त्री ओलीले टुईट् मार्फत सरकारले उपचार खर्च बेहोर्छ भनेको सन्र्दभमा के.सीले मेरो उपचार खर्च म आफै बेहार्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तब्य पुरा गरोस भनेका छन ।
उनले आफ्नो प्रेस नोटमा उल्लेख गरेका छन, कोरोना संक्रमित विपन्न र दुरदराजका नागरिक जसलाई निःशुल्क उपचार आबश्यक छ उनिहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन । त्यसो हुनाले सरकारको ध्यान ब्याक्ति विषेशको उपचार खर्च भन्दा पनि सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनु पर्दछ ।
साथै डा. के.सीले पटक–पटक गरिएका सम्झौता कार्यन्वयन भएको भए देशका दुरदराजदेखि सबै भेगका ठुला सरकारी अस्पताल मेडिकल कलेज बन्ने थिए । त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरिय निःशुल्क सर्वसुलभ स्वास्थ्य सेवा पाउने थिए, भनेका छन ।
उनले सरकारसंग १९ औं सत्याग्रहमा भएका संम्झौता यथाशीर्घ कार्यन्वयन गर्न समेत सरकारलाई अनुरोध गरेको छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs