३०, कार्तिक खुल्ला न्यूज
राजधानी ब्यूरो। पूर्व एमालेका पोलीटब्यूरो सदस्य तथा नेकपाका केन्द्रिय सदस्य जगतनाथ खतिवडाले पार्टी केही होइन, कमिटी केही होइन,सचिवालय पनि केही होइन,केन्द्रिय सदस्य पनि केही होईनन, स्थायी कमिटी पनि केही होइन म नै सर्बेसर्वा हो, जे हो म आफै हो । मैले सोचे अनुसारको भयो भने पार्टीले गरेको हुन्छ । मैले सोचेको भयो भने त्यो क्रान्तिकारी पनि हुन्छ, त्यो माक्र्सवादी पनि हुन्छ, भन्ने अध्यक्ष के पी शर्मा ओलीको कारण पार्टीमा समस्या आएको हो भनेका छन ।
कमरेड ओलीले, पार्टीको निर्णय मान्न तयार छु र भएका कमजोरी सच्याएर जान्छु साथै अबका दिनमा पनि पार्टीले गरेको निर्णय सर्बोपरि ठान्छु भन्ने हो भने सबै समस्याको हल तुरुन्तै हुने उनले बताए ।
खतिवडाले प्राईम टेलिभिजनमा ऋषी धमलासंग कुरा गर्दै के पी ओलीले जनताबाट मत ल्याएर प्रधानमन्त्री भएको भन्नु भ्रम भएको समेत उल्लेख गरेका छन । पार्टीले सुर्य चिन्ह वा हसिंया हटौडा चिन्हमा संयुक्त मोर्चा भै जनतासंग भोट मागेको र नेकपाले ओलीलाई प्रधानमन्त्रीको जिम्मेवारीमा पठाएको हो, उनले भनेका छन । साथै के पी ओलीको नाममा छुट्टै चुनाब चिन्ह नभएको उनले जिकिर गरे । ओलीले भनेझै मैले मात्रै जिते म सर्बस हुँ म मात्रै नेता हुँ भनेको के हो ? त्यस कारण यस्तो गलत तर्कलाई कसैले पछ्याउन पनि हुदैन यो गलत तर्क गर्नु त अर्को झनै महागलत भै हाल्यो खतिवडाले भने ।
पार्टीे कमिटीले नै उनलाई यो यो कुरा सच्चिनु प¥र्यो भनेर भनेको छ, अब ओलीले यो यो कुरा सच्चाए भनेर भन्नु प¥र्यो । उहाँका प्रत्येक गतिबिधीहरु केवल एक्लै ढंगले चल्ने, एक्लै निर्णय गर्ने, आफ्ना दोस अरुलाई थोपर्ने, आफ्ना पार्टीका नेतृत्व पंतिसंग केही सरसल्लाह परामर्श नगर्ने ,मैले जे गरे ठिक गरे, नेकपा भनेको म नै हुँ म भएसी मात्र नेकपा हुन्छ, नेकपा भन्ने कुनै पाटी छैन, त्यो सर्बेसर्बा मै हुँ भन्ने तरिकाबाट चलेपछि समस्या उत्पन्न भएको हो, खतिवडाले भने ।
साथै उनले ३ वटा तर्कहरु बेतुकका तर्क भएको समेत उल्लेख गरेका छन, एउटा के पी ओली महधिवेशनबाट आएको भन्ने तर्क यो विलकुल औचित्वहिन हो । उहाँ पूर्व एमालेको चाही महाधिवेशनबाट निर्बाचित भएको अध्यक्ष हो । अहिलेत नेकपा पार्टी हो यसको महाधिवेशन नै भएको छैन । अहिले केवल एकता गर्दा समझदारी गरेको मात्र हो । हिजो निर्बाचित अध्यक्ष ओली र हिजो निर्बाचित प्रचण्डलाई हिजोको अध्यक्ष भनेर आधार मात्र बनाएको पो हो त । आबश्यक ठान्यो भने महाधिवेशन नभएको अबश्थामा पार्टीको केन्द्रिय कमिटीले निर्णय गरेर दुबैजनालाई हटाउन समेत सक्ने खतिवडाले दावी गरे । हिजो अध्यक्ष भएको कारण आज अध्यक्ष नै हुनुपर्ने हो भने हिजोका उपाध्यक्षहरु हिजोका महासचिबहरु किन हटाईयो ? उनले प्रश्न गरे । साथै महाधिवेशन नै चाहिने हो भने बामदेव कामरेडलाई उपाध्यक्ष बनाउदा पनि त अडचन आउनु पर्ने हो उनले घुमाउरो शैलीमा भने ।
पार्टीभित्र एक ब्याक्ति एक कार्यकारी पद वा जिम्मेबारी बनाउदा धेरै समस्याको हल हुन्छ । साथै शिर्ष नेतृत्वलाई फराकिलो मन र उच्च शिर बनाएर समझदारी पूर्वक पार्टीको निर्णय र निर्देशन मान्दै एकतालाई मजवुत बनाउन समेत खतिवडाले अपित गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय