३०, कार्तिक खुल्ला न्यूज
विदेश ब्यूरो । कोराना भाईरस (कोभिड–१९) को जोखिम उच्च भएको भन्दै अस्ट्रियालिन सरकारले दोस्रो पटक देशभर लकडाउन गर्ने निर्णय गरेको छ । यस अघि रात्रीमा कफ्र्यू लगाउँदै आएको भएता पनि स्थिति जटिल भएको हुनाले दोस्रो पटक लकडाउनको घोषणा गरेको हो ।
यो लकडाउन साढे दुई हप्ताका लागी चान्सलर सेबास्टियन कुर्जले घोषणा गरेको बताईएको छ । यो निर्णयपछि मंगलबाट विद्यालयहरु बन्द हुनेछन । तर भर्चुअल माध्यमबाट पढाई निरन्तर हुने चान्सलर कुर्जले उद्घोष गरे ।
अष्ट्रियामा शुक्रबार ९ हजार ५८६ नयाँ संक्रमित थपिएका थिए साथै शनिबार ७ हजार ६३ जना थपिएका छन भने ८५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म अष्ट्रियामा १ लाख ९८ हजार कोरोना संक्रमित भएका छन । १ हजार ७४६ जना संक्रमितको ज्यान गएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs