३०,कार्तिक खुल्लान्यूज
टोपलाल अर्याल । सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ गुल्म हे.क्वा. गुल्मीले Covid-19 भाईरस नियन्त्रणको लागी सचेतना अभियान थालेको छ । तिहारको अवसरमा रेसुङ्गा नगरपालिका-१२ उर्लेनी चोकमा आवत-जावत गर्ने स्थानिय बासिन्दाहरुलाई ज्वरो मापन, परामर्श, साबुन पानीले हात धुने तरिका सिकाउदै मास्क वितरण गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ गुल्म हे.क्वा.गुल्मीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार लम्सालले चाडपर्वमा गाउँमा पनि नागरिकको आवतजावत बढी हुने भएकाले सचेतनामुलक कार्यक्रम थालिएको बताए । यो अभियानले केही हदसम्म भए पनि नागरिकहरुमा चेतना फैलाउने उद्धेश्य आफुहरुको रहेको बताए ।
गुल्मीमा पनि पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गएको छ । त्यसैले नागरिक सचेत नभएसम्म कोरोनाको जोखिम न्यूनीकरण गर्न नसकिने भएकाले टोल शिक्षा थालिएको सशस्त्र प्रहरी नायव उपरीक्षक लम्सालको भनाइ छ । रेसुङ्गा नगरपालिका-१२ का वडा अध्यक्ष कुल बहादुर टण्डलले नागरिकहरुलाई सचेत बनाउने यो अभियानमा स्थानियहरुको पूर्ण साथ रहने बताए । कोरोना संक्रमणको अवस्थालाई नियन्त्रणमा ल्याउन स्थानिय प्रशासन, सुरक्षा निकाय, सरोकारवाला निकाय र स्थानिय जन प्रतिनिधिहरुसंग आवश्यक समन्वय गरी कोभिड-१९ रोग रोकथाम तथा प्रतिकार्यको लागि दैनिक बजार अनुगमन ड्युटी तथा स्थानिय बासिन्दाहरुलाई सचेतनामुलक कार्यक्रम गर्दै आईरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक लम्सालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय