०२,मंसिर खुल्लान्यूज
जिल्ला ब्यूरो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश समिती सचिवालय सदस्य बोम बहादुर खड्काको गएराती निधन भएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका वडा नं.१ नयाँगाउँको भाँखर्क स्थित आफ्नै निवासमा गएराती एक्कासी बेहोस भएका खड्कालाई तत्कालै सदरमुकाम तम्घासमा रहेको जिल्ला अस्पतालमा पु¥र्याईएको थियो । अस्पताल ल्याएको एक घण्टा पनि नबित्दै ५३ वर्षिय नेता खड्काले आफ्नो अन्तिम स्वास लिनु भयो ।
२०२३ सालमा जन्मनु भएका खड्का सानै उमेरदेखि कम्यूनिष्ट राजनितीमा चाख राख्नु हुन्थ्यो । कम उमेरदेखि नै तत्कालिन पञ्चायतको बिरुद्धमा आवाज उठाउन सुरु गर्नु भएका खड्का ०३६ सालमा तत्कालिन अनेरास्ववियूबाट आफ्नो औपचारिक राजनितीको यात्रा सुरु गर्नु भयो । ०४२ सालमा अनेरास्ववियूको गुल्मी जिल्ला अध्यक्ष हुनु भयो । गुल्मी जिल्लामा तत्कालिन एमालेको युवा संगठन प्रजातान्त्रीक राष्ट्रिय युवा संघ नेपालको संस्थापक जिल्ला अध्यक्ष समेत हुनभयो ।
राजनितीक मिसनमा निक्कै निखारिएका नेता खड्का आफ्नो ३० वर्षको उमेरमै २०५१ सालमा नेकपा एमाले गुल्मीको सचिव (पार्टी प्रमुख) हुनु भयो । २०५६ मा समेत पार्टीको सचिव हुनुभएका नेता खड्का कुसल संगठक, सशक्त बैचारिक, निष्ठावान नेताको रुपमा चिनिदै आउनु भएको थियो । उहाँ पाटी सचिव हुँदा जिल्लामा धेरै परिवर्तकारी कार्यहरु भएको, पार्टीलाई निक्कै गतिशिल बनाउनु भएको, गुल्मेली जनतामा कम्यूनिष्ट पार्टीलाई मन मनसम्म पु¥याउनु भएको थियो, उहाँको अभाव सधै रहिरहने छ नेकपाका नेता बालसिंह काउछाले भन्नुभयो । हिजोसंम्म पनि पार्टीकोे चिन्ता लिईरहनु भएको थियो । पार्टीलाई कसरी सशक्त र एकतामय बनाउन सकिन्छ भन्दै आन्तरिक छलफल र भेटघाटमा खटिरहनु भएको थिया,े उहाँलाई गुमाउनु पर्दा हामी साच्चिकै अभिभावक बिहिन भएको छौ, नेकपाका कार्यालय सदस्य कृष्ण सुनारले भावुक मुद्रामा भन्नुभयो ।
नेता खड्काको पार्थीव शरिर बिहान ९ बजेदेखि नेकपा पार्टी कार्यालय मदन आश्रित स्मृती भवन तम्घासमा श्रद्धाञ्जलीको लागी राखिएको छ । उहाँका बुवा पत्नी एक छोरा र एक छोरी हुनुहुन्छ । नेता खड्काको अन्तिम दाहसंकार रिडिमा गर्ने कार्यक्रम तय भएको नेकपाका जिल्ला सचिव बिरबहादुर कार्कीले जानकारी दिनु भएको छ । साथै उहाँको अन्तिम श्रद्धाञ्जली दिनको लागी नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली र पूर्व मन्त्री गोकर्ण विष्ट गुल्मी आउने कार्यक्रम रहेको नेकपा गुल्मीले जनाएको छ ।
बिहानको चिसो सिरेटोले एउटा दुखान्त खबर बोकेर ल्यायो । कमरेड बोम बहादुर खड्का रहनु भएन । भन्दै नेकपाका स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले नेता खड्काको निधनप्रति दुःख ब्यक्त गर्नु भएको छ । साथै नेकपाका सचिवालय सदस्य तथा पूर्व मन्त्री गोकर्ण बिष्टले, आज एकाबिहानै कम्युनिष्ट आन्दोलनका कुसल संगठक र अथक योद्धा कमरेड बोमबहादुर खड्काको असामयिक निधनको दुखद खबर सुने । दशकौंदेखिका सहयोद्धा गुमाउँदा मलाई असह्य पिडा भईरहेको छ । कमरेड खड्काको निधनले हाम्रो पार्टी र आन्दोलनलाई ठुलो क्षती पुगेको छ । भन्दै श्रद्धाञ्जतली सहित दु:ख ब्याक्त गर्नु भएको छ । प्रवासदेखि निरन्तर राजनितिक आन्दोेलनमा संलग्न कमरेड खड्का बैचारिक रुपमा निकै स्पातिलो हुनुहुन्थ्यो । पार्टी स्कुलले पहिलो पटक परिक्षा लिदा उहाँ देशभरिका कार्यकर्तामा प्रथम हुनुभएको थियो । लुम्बिनी प्रदेशले सुयोग्य नेता गुमाएको छ । भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दुःख ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय