माधव ज्ञवाली ।
समाजमा दुईथरीका मानिसहरू देख्न सकिन्छ। एकथरी अर्काले जे गर्यो त्यहीँ सकिनसकि गर्न खोज्ने र अर्को केही नयाँ गर्नुपर्छ भन्ने सोच भएका।खासगरी चाडपर्वको बेलामा त झन प्रतिस्पर्धा गर्ने चलन विकृतिको रुपमा मौलाउदै गएको पाइन्छ। त्यो प्रतिस्पर्धा हो,सकि नसकि अर्काले जस्तो चाडपर्वमा फजुल खर्च गर्ने,भोजभतेर गर्ने। तर समाजलाई केही नयाँ र सकारात्मक कार्यद्वरा सकारात्मक दिशातिर लैजान पहल गर्नेहरु पनि समाजमा कहि कतै देख्न सकिन्छ। एकजना त्यस्तै यक्ति जसले आफुले चाडपर्वमा गर्ने खर्च कटौती गरि सामाजिक कार्यमा लगाएका छन् ।लुम्बिनी प्रदेश चेम्बरका अध्यक्ष ,नेकपा का नेता एवम् समाजसेवी भिम पौड्यालले आफुले यस बर्षको दशै र तिहारमा गर्ने खर्च कटौती गरि आमा समुहलाई सहयोग गरेका छन् । अंकुर स्वास्थ्य आमा समूह रुरुक्षेत्र गाउँपालिका वडा न.६ रिमुवाको अधुरो बहुउद्देश्यीय भवन निर्माणको लागि उनले नगद सहयोग गरेका हुन् ।
सामाजिक सोच र समाजप्रतिको उत्तरदायित्व सबैले लिदैँ अर्ति उपदेश हैन हरेक राम्रो कार्य सानो भएपनि आफैबाट सुरु गर्नुपर्ने बताउँदै उनले आमा समुहलाई नगद रु. पच्चीस हजार(रु.२५,०००/-) सहयोग गरेका हुन् । आफुले गरेको यस् सामाजिक कार्यले भोलिका दिनहरुमा चाडपर्वहरुमा हुने फजुल खर्चलाई न्यूनीकरण गर्न सहयोग गर्ने बिश्वास प्रकट गर्दै उनले यस आमा समुहको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
युवा नेता एवम् समाजसेवी यदु ज्ञवालीले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधिहरु र आमा समुहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs