०३,मंसिर खुल्लान्यूज
एजेन्सी । यो समाचार हो रुसको, विश्वको शक्तिशाली मध्येको राष्ट्र रुस र त्यहाँका राष्ट्रपति भ्लादमिर पुटिन उनि विश्वमै सर्वाधिर शक्तिशाली कहलाएका छन ।
रूसी संसदको तल्लो सदन डुमाले राष्ट्रपति पुटिन जीवित रहेसम्म उनीविरुद्ध कुनै मुद्दा नलाग्ने एक विधेयक पारित गरिदिएको छ।
यो विधेयकमा पुटिनका साथै उनका परिवारविरुद्ध पनि कुनै प्रकारका आपराधिक मामिलामा मुद्धा चलाउन नपाइने उल्लेख छ। गत जुलाईमा भएको एक जनमत संग्रहले पुटिनलाई संवैधानिक संशोधन गर्न सहमति प्रदान गरेको थियो।
यो विधेयक सोही संवैधानिक संशोधनको हिस्सा भएको बताइएको छ। रूसका दुवै सदनमा पुटिन समर्थकको बहुमत छ।
राष्ट्रपतिका रुपमा पुटिनको कार्यकाल सन् २०२४ मा पूरा हुनेछ। तर, हालै संविधान संशोधन गर्दै उनको कार्यकाल त्यसपछि पनि १२ वर्षसम्म कायम हुने व्यवस्था गरिएको छ।
पछिल्लो बचाउ विधेयकसँगै पुटिनको राजनीतिक भविष्यलाई लिएर फेरि चर्चा शुरु भएको छ। सन् २००० देखि नै पुटिन रूसी सत्ताको शीर्ष स्थानमा रहीआएका छन्। यस क्रममा उनले सक्दो शक्ति प्रयोग गरिरहेका छन्। यो ब्यावश्था पछि अबको दशक पुटिनले विश्वको राजनितीमा कस्तो प्रभाव पार्लान त ? विश्वको शक्ति के फेरि एकपटक रुसतिरै फर्किएको हो त ? यो घटनाले विश्वको ध्यान तानेको छ ।