४,मंसिर खुल्लान्यूज
जिल्ला ब्यूरो । गुल्मीको रेसुङ्गा नगरपालिकाले १० दिनका लागी नगरक्षेत्रभित्र लकडाउन गर्ने घोषणा गरेको छ ।
कोरोना भाईरस (कोभिड–१९)को संक्रमण तिब्ररुपमा समुदायस्तरमा फैलिएको हुँदा बन्दाबन्दीको निर्णय गर्नुपरेको नगरपालिकाले जनाएको छ ।
पालिकाका अनुसार मंसिर ४ गते राती १२ बजेदेखि मंसिर १३ गते राती १२ बजेसम्म यो ब्याबश्था लागु हुनेछ ।
लकडाउनको अवधिमा पनि एम्बुलेन्स, दमकल, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी,ईन्धन,सरसफाई,स्वास्थ्य सेवा तथा औसधी पसलहरु पूर्ववत रुपमा संञ्चालन हुने जनाईएको छ । पालिका कार्यालय र वडा कार्यालयमा अत्याबश्यक कार्य बाहेका सेवाहरु पूर्ण रुपमा बन्द हुनेछन ।
यस अवधीमा सम्पूर्ण शौक्षिक संस्थाहरु बन्द रहने तथा रेडियो टेलिभिजनबाट प्रशारण हुने श्रब्यदृष्य, श्रब्यपाठ प्रशारण तालिका अनुसार निरन्तर सिकाईमा सहभागी हुन जानकारी गराउने । कक्षा १२ को वार्षिक परिक्षा मंसिर ९ गतेबाटै निर्देशित कार्यबिधी, मापदण्ड पुरा गरि सुचारु गर्ने । तरकारी फलफुल दुध तथा दुधजन्य पदार्थको बिक्री वितरण बिहान नौ बजेसम्म र साँझ पाँच बजेदेखि ६:३० सम्म सञ्चालन गर्ने । अन्य पसलहरु स्वास्थ्य सुरक्षा मापदण्ड पुरागरि बिहान सात बजेदखि दुई घण्टामात्र सञ्चालन गर्ने बताईएको छ ।
उद्योगधन्दा, निर्माण कार्य जुन ठाउँमा सञ्चालन गरिएको छ सोही स्थानमा कामदारलाई खाने बस्ने ब्यावश्था मिलाई सञ्चालन गर्ने, बैङ्क तथा वित्तिय संस्थाहरुलाई अत्याबश्यक सेवा प्रदान गर्न भनिएको छ । अन्य स्थानबाट आउने सवारी साधनहरु नगरपालिकाले तोकेको पार्किङ्गस्थल बाहेक रोक्न नपाईने ब्याबश्था गरिएको छ । साथै नगरवासीलाई अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन अनुरोध गरिएको छ ।
नगरपालिकाका प्रमुख डिल्लीराज भुषालद्धारा जारी गरिएको लकडाउनको सुचनालाई लिएर धेरै उद्योगी ब्यावसायीहरुबाट भने सामाजिक सञ्जाल मार्फत बिरोध सुरु भएको छ । कोरोना नियन्त्रणको लागी अब पनि लकडाउन नै बिकल्प खोज्नु उपयुक्त नहुने ब्यावसायीहरुको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय