४ मंसिर, खुल्लान्यूज
जिल्ला ब्यूरो । धेरै काम अफिसमा बसेर बैठक र छलफल गरेर नक्सा हेरेर कम्प्युटरमा डिजाईन निकालेर गर्ने गरिन्छ । तर गुल्मीको जिल्ला समन्वय समितीले कार्यस्थलमै गएर एक कार्यक्रमका बिच योजनाको बारेमा छलफल गरेको छ ।
बिहिबार जिल्ला समन्वय समिती गुल्मीका प्रमुख लक्ष्मण पराजुलीको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा, जिल्ला समन्वय समितीका उप–प्रमुख तुलसी कुमारी क्षेष्ठ, सदस्य राममल्ल ठकुरी, जिल्ला समन्वय अधिकारी विजय कुमार कार्की,घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लक्ष्मण घिमिरे साथै जिल्ला विपद ब्यावस्थापन समितीका पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, निर्माण ब्यावसायीहरु स्थानिय सरोकारवाला र मजदुरहरु समेतको उपस्थितीमा जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा कार्यस्थलमै कार्यक्रम सम्पन्न भएको छ
कार्यक्रममा कालीगण्डकी करिडोर र रिडी तटबन्ध गौरब तथा राष्ट्रिय मान्यता प्राप्त योजना भएकाले रिडी र रुद्रवेनीबाट IEE रिपोर्टको बिधी अनुसार नदिजन्य पदार्थहरु उपलब्ध गराउने निर्णय भएको बताईएको छ । रिडी–रुद्रवेनी सडक खण्डको अवलोकन भएको छ । रिडि–रुद्रबेनी सडक खण्डमा खाल्डाखुल्डी भै जोखिम बढेको र यातायातका साधनहरु आवतजावत गर्न कठिनाई भएको हुँदा निर्माण ब्यावसायीहरुलाई एकहप्ता भित्र खडक मर्मत गर्न र सवारी आवगमनमा सहज बनाउन सुझाब दिएको छ । साथै निर्माण ब्यावसायीहरु पनि सहमत भै प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।
टोलीले रुद्रवेनी नदिजन्य पदार्थ उत्खनन गर्ने स्थानको अनुगमन, रिडी खोलामा रहेको क्रसरको अनुगमन गरेको छ । साथै नदिजन्य समाग्रीमा काम गरिरहेका तर अहिले बेरोजगार भै बसेका १ सय १७ जना कामदारहरुलाई उनिहरुको सिप अनुसार कालिगण्डकी करिडोर र रिडी तटबन्द गौरबको आयोजनामा रोजगारी सृजना गर्ने निर्णय भएको बताईको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय