५मंसिर,खुल्लान्यूज
मनु सुनार मनसुन । जिल्ला प्रशासन कार्यालय गुल्मीले रेसुङ्गा नगरपालिकाले जारी गरेको लकडाउनलाई कार्यान्वयन गर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले एक सुचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

रेसुङ्गा नगरपालिकाले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मंसिर ४ गते राति १२ बजेदेखि मंसिर १३ गते राती १२ बजेसम्म नगरक्षेत्रलाई लकडाउन गरेको छ । नगरभित्र सञ्चालनमा रहेका बिद्यालय क्षेत्रहरु बन्द गरिए पनि बजार क्षेत्रमा भने पूर्ण रुपमा कार्यान्वयन नभएको पाईएको थियो ।

प्रजिअ शर्माले रेसुङ्गा नगरपालिका क्षेत्रभित्र रहेका संघीय सरकार र प्रदेश सरकार अन्र्तगतका सार्वजनिक निकायहरुबाट अत्यावश्यक सेवाका कार्यहरु मात्र सञ्चालन गर्न समेत आदेश गरेका छन् । सुचनामा रेसुङ्गा नगरपालिका क्षेत्रभित्र रहेका बैङ्क तथा वित्तिय संस्थाहरुको हकमा भने अर्को निर्णय नभएसम्मका लागि आइतबार देखि मंसिर ९ गते सम्मको लागि पूर्ण रुपमा बन्द गर्न आदेश गरिएको छ ।

पिसिआर परिक्षणको लागि स्वाब दिएका र परिक्षण रिर्पोट पोजेटिभ भएका व्यक्तीहरु सुरक्षित रुपले होम क्वारेन्टिनमा बस्न आग्रह समेत गरिएको छ । यदी नबसेको पाईएमा तुरुन्तै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, रेसुङ्गा नगरपालिकाको कार्यालय तथा सम्बन्धित वडाको वडा अध्यक्ष समक्ष सुचना दिन समेत प्रजिअ शर्माले आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालयले गरेको आदेश पालना नगरेको पाईएमा संक्रामक रोग ऐन, २०२० तथा स्थानिय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय