५ मंसिर, खल्लान्यूज
राजधानी । केही वर्षयता नेपालमा बिमाको बजार निक्कै तातेको छ । कोरोनाले पनि नसुस्ताएको बिमाको बजारमा तछाडमछाड चलेकै छ ।
यसैबिच पछिल्लो समय निक्कै गतिमा अगाडी बढेको महालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनीले बोनसदर घोषणा गरेको छ । नयाँ कम्पनीहरु मध्ये यो बोनसदर सर्वाधिक बढी हो भन्दै आफुलाई अब्बल स्थानमा पुगेको र अन्य नयाँ कम्पनीहरुसंगको दौड समाप्त भएको समेत उद्घोष गरेको छ । कम्पनीले प्रतिहजार न्युनतम रुपैयाँ ५० देखि ५२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।
महालक्ष्मी सावधिक जीवन बीमालेखका लागि कम्पनीले ५ देखि १५ वर्ष अवधिको ५० रुपैयाँ , १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको बीमालेखका लागि ५२ रुपैयाँ बोनश दर तोकेको छ ।
महालक्ष्मी सरल जीवन बीमालेखका लागि कम्पनीले ५ देखि १५ वर्ष अवधिको ५० रुपैयाँ , १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको बीमालेखका लागि ५२ रुपैयाँ बोनश दर तोकेको छ ।
महालक्ष्मी जीवन हेरचार बीमालेखकालागि ५ देखि १५ वर्ष अवधिको ५० रुपैयाँ र १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ ।
साथै यहि गतिमा अगाडी बढन सक्यौ भने अबको केही बर्षमै हामी नेपालको सबैभन्दा धेरै बोनसदर दिने जिवन बिमा कम्पनी हुनेछौ, दावी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर