६ मंसिर,खुल्लान्यूज
जिल्ला ब्यूरो । लुम्बिनी प्रदेशस्तरीय हाजिरिजवाफ प्रतियोगितामा गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पस दोस्रो भएको छ । सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले कार्यक्रम ‘हेल्लो सासंद’ मा आयोजना गरेको प्रदेशस्तरीय हाजिरिजवाफ प्रतियोगितामा रेसुङ्गा बहुमुखी क्याम्पसले ६० अङ्क ल्याएर दोस्रो स्थान प्राप्त गरेको हो ।
क्याम्पसका तर्फबाट स्नातक चौथो बर्षमा अध्ययनरत हुमाकान्त पोखरेल र लक्ष्मी अर्याल तथा स्नातक तेस्रो बर्षमा अध्ययनरत नारायण भुसालले सहभागिता जनाएका थिए । त्यस्तै समाजशास्त्र शिक्षकबाट सहायक क्याम्पस प्रमुख रामप्रसाद खनालले सहभागिता जनाएका थिए । प्रतियोगीलाई पहिलो चरणमा ¥यापिड राउण्ड अन्तर्गत १ मिनेटमा अधिक्तम ९ प्रश्न सोधिएको थियो । भने दोस्रो चरणमा लुम्विनी प्रदेशसभाको गठन, राजनितक दलको सहभागिता र अभ्यासका बारेमा एक एक वटा प्रश्न सोधिएको थियो । कार्यक्रममा ७० अङ्क ल्याएर प्युठानको प्युठान क्याम्पस प्रथम तथा ५५ अङ्क ल्याएर कपिलवस्तुको सिद्धार्थ क्याम्पस तेस्रो भएको छ । हाजिरिजवाफमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ तथा प्रमाणपत्र दिइने सीआईएनका म्यानेजर दीपक आचार्यले जानकारी दिए ।
जुममार्फत भएको हाजिरिजवाफ प्रतियोगितामा लुम्विनी प्रदेशका ११ जिल्लाको सहभागिता थियो । प्रतियोगी, क्याम्पस प्रमुख, प्राध्यापक, विद्यार्थी, पत्रकारलगायत गरी कार्यम्रममा ९० जनाभन्दा धेरैको सहभागिता थियो । कार्यक्रमको सुरुमा फ्रिडम फोरमका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी तारानाथ दाहालले ‘खुल्ला संसदको अभ्यास र युवाको भूमिका’ का बारेमा विचार राखेका थिए ।
रेसुङ्गा क्याम्पसका सहभागी पोखरेलले आफुहरु दोस्रो भएकोमा अत्यान्तै खुशी ब्याक्त गर्दै भने, हामीले मुख्यत क्याम्पस र गुल्मी जिल्लालाई परिचित बनाउन सानो ईटा थप्ने अवसर पायौ । हुनत हामी प्रथम हुनेमा विश्वस्त थियौ, प्रतियोगिता हो सधै आफुले सोचे जस्तो हुदो रहेनछ, दोस्रो हुँदा पनि हामी सन्तुष्ट छौ । कार्यक्रम आयोजना गरेकोमा सिआएनप्रति कृतज्ञ छौ । साथै क्याम्पसले हामीलाई जुन अवसर दियो त्यसको लागी निमित्त क्याम्पस प्रमुख गोबिन्द गेोतम सर र सहयोगी सम्पूर्णलाई धन्यबाद दिन चाहान्छौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय