७ मंसिर, खुल्लान्यूज
राजधानी ब्यूरो ।सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भाँडभैलो चलिरहेको बेला प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई बालुवाटार बोलाएर गोप्य भेटघाट गरेका छन ।
ओलीले पार्टीमा विवाद चर्किएसंगै पहिलो चरणमा आफ्नो पार्टीका माधव नेपाल र बामदेव गौतमलाई भेटवार्ता गरि भावी अध्यक्ष र प्रधानमन्त्री बनाउने आश्वासन दिए तर नेपाल र गौतम यसपाली फकिएनन । दोस्रो चरण फेरिपनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई महाधिवेशनबाट एकल अध्यक्ष र आगामी कार्यकाल प्रधानमन्त्री बनाउने बाचा गरे, खै किन हो प्रचण्ड पनि विश्वास लिन सकेनन । अन्तिममा ओलीले देउवासंग भेटेर सरकारमा साथ दिन अनुरोध गरेका छन ।
कांग्रेस उच्च स्रोतका अनुसार शनिबार भएको भेटमा ओलीले सभापति देउवालाई महत्वपूर्णं केहि मन्त्रालयसहित सहकार्यको प्रस्ताव राखेका हुन् । संवैधानिक नियुक्तीका विषयमा छलफल गर्न भन्दै ओलीले देउवालाई शनिबार बालुवाटार बोलाएका थिए ।
करिब डेढ घण्टासम्म चलेको छलफलमा उनले आफुँ समस्यामा परेको भन्दै सहयोगको आग्रहसहित सत्ता साझेदारीको प्रस्ताव गरेका थिए । ‘उहाँ समस्यामा हुनुहुन्छ, बेला–बेला यी विषयमा छलफल हुन्छन्, शनिबार पनि धेरै कुरा भएका छन्’, कांग्रेसका एक नेताले भने, ‘उहाँले आफुँलाई सहयोग गर्न प्रस्ताव गर्नुभएको छ ।’
उनका अनुसार प्रधानमन्त्री ओलीले केहि महत्वपूर्णं मन्त्रालयको प्रस्ताव अघि सारेका छन् ।
स्रोतले जनाएअनुसार शनिबारको छलफलमा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतलाई साथै राखेका थिए भने देउवाले गोपालमान श्रेष्ठ र रमेश लेखकलाई साथै राखेका थिए ।
सहकार्यको कुरा बाहिर आएसंगै नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले कांग्रेस कुनै हालतमा सरकारमा सहभागी हुन नहुने बताएका छन् । ओलीसँगै मिलेर सरकारमा सहभागी हुनु कांग्रेसको निम्ति आत्महत्या जस्तै भएको केसीको टिप्पणी छ । ओली नेतृत्वको सरकार भ्रष्टाचारका कारण निकै बदनाम भएको भन्दै नेता केसीले बदनामीको भारी बोक्न नहुने बताए ।
‘प्रम ओलीले नेका सँग सयुक्त सरकारको प्रस्ताव राखेको हल्ला छ’ उनले भनेका छन् ‘स्थिरता,समृद्धि र स्वर्ग लाने भ्रम छरेर आएको,भ्रष्टाचारमा चुर्लुम्म डुबेका संग, फोहोरको भारी बोक्न यसमा संलग्न हुनु वा सत्तामा जाने हतार गर्नु नेकाको निम्ति आत्महत्या हुने छ।’
नेता केसीका अनुुसार सत्तारुढ नेकपाको आन्तरिक विवादमा कांग्रेसले सरोकार लिनु आवश्यक छैन् । साथै नेकपाको विवाद उनीहरुकै समस्या हो । ‘उनीहरू टुटुन,फुटुन वा जुटुन यो उनकै समस्या हो’