८ मंसिर
पोखरा ब्यूरो। प्याराग्लाइडिङ दुर्घटनामा परी पोखरामा आज एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन् ।
पोखरा महानगरपालिका–१८ सराङकोटबाट उडान भरेको फिष्टेल कम्पनीको प्याराग्लाइडिङ अवतरणको क्रममा आज दुर्घटना हुँदा पाइलट ३८ वर्षीय राजु गैरे नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका पोखरा–२८ घर भई हाल लेकसाइड बस्ने पाइलट नेपालीको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
उनका अनुसार घटनामा घाइते प्याराग्लाइडिङमा सवार काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–२ का २८ वर्षीया शिला श्रेष्ठको अवस्था गम्भीर रहेको छ । फेवाताल किनारस्थित क्याम्प चोकमा अवतरण गर्ने स्थानभन्दा करीब एक दशमलव दुई किलोमिटर टाढा प्याराग्लाइडिङ दर्घटनामा परेको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक रेग्मीले जानकारी दिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs