८ मंसिर,खुल्लान्यून
मध्य ब्युरो।पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गयो छ ।
भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना स्थानीयवासीको ज्यान गयो हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार घटनापछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् । स्थानीयवासी र प्रहरीबीच सडकमा पटक पटक झडप भएको बताइएको छ ।
प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई ग्यास बुलेटरले ठक्कर दिएको थियो । ग्यास बुलेटलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । ज्यान जाने दुबै जनाको सनाखत हुन नसकेको बताइएको छ । उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रहरीले बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय