९ मंसिर,खुल्लान्यूज
राजधानी।बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् ।
बिबिसीले मंगलबार सार्वजनिक गरेको १०० प्रभावशाली महिलाको सूचीमा समावेश म्याग्दीकी सपना सहित बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन्।
म्याग्दीको मंगला गाउँस्थित घरबाट चार वर्षअघि निस्केकी सपना रोका मगर स्वयमसेवककै रुपमा एकाएक बेवारिसे शव जलाउने काममा संलग्न भइन्।
उनले करीब ४० वटा बेवारिसे भएका शवलाई दागबत्ती दिइसकेकी छन्। छ वर्षदेखि यस्ता वेवारिसे शव व्यवस्थापनमा लागिपरेका ललितपुरका विनयजंग बस्नेतको अभियानबाट प्रभावित भएर उनी त्यसैमा जोडिनका लागि म्याग्दीबाट काठमाडौं पुगेकी हुन्।
गतवर्ष (२०१९) मा नेपालका तर्फबाट महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने बाेनिता शर्मा यो सूचीमा परेकी थिइन्।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs