९ मंसिर, खुल्लान्यूज
जिल्ला ब्यूरो । गुल्मीको सदरमुकाम समेत रहेको रेसुङ्गा नगरपालिका भित्रका बैङ्क तथा अन्य बित्तिय संस्थाहरु मंसिर १२ गतेसम्म पूर्णरुपमा बन्द हुने भएका छन । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण समुदाय स्तरमा बढेको भन्दै गत मंसिर ४ गतेदेखि १३ गतेसम्मको लागी नगरपालिकाले लकडाउनको घोषणा गरेको थियो ।
त्यस लगत्तै मंसिर ५ गते नगरपालिकाको निर्णय कार्यान्वयन गर्नको लागी जिल्ला प्रशासन कार्यालय गुल्मीले सुचना जारी गर्यो । साथै ७ गते देखि ९ गतेसम्मको लागी बैङ्क तथा वित्तिय संस्थाहरु बन्द गर्न निर्देशन गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले आज सुचना मार्फत बैङ्क तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुमा पनि पिसिआर परिक्षणको लागी स्वाव संकलनको कार्य भैरहेको हुनाले मंसिर १० देखि १२ गतेसम्म पूर्ण रुपमा बन्द रहने जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय