१३ मसिर, खुल्लान्यूज
आर्थिक ब्यूरो । बुटवलकि मनिषा पाण्डेको घाउमा मलपट्टी लगाएको छ जीवन बिमा कम्पनीले । हुन त भौतिक जीवनको बिकल्प अरु केही हुन सक्दैन, तर कसैको जीवन समाप्ति पछि हरेक मानिसका आ-आफ्नै आवश्यकता हुन्छन ।
देशको बेरोजगारी र आबश्यकताले आफ्नो घरपरिवार सबै छोडेर बिदेशिनु बाध्यता नै बनिरहेको छ नेपाली युवाको। यस्तै दु:खद कथा बनेको छ, मनिषा पाण्डेको जिवनमा ।
बुटवल उपमहानगरपालिका वडा न.११ मजुवा निवासी कृष्ण बहादुर खड्का बैदेशिक रोजगारीको लागि दुबईमा थिए । ६ महिनाको छोरीका बाबू बल्ल २८ वर्षका उनको काम गर्ने कम्पनिमा विद्युत लाईन सर्ट भै त्यही ज्यान गयो । भौतिक जीवन त गयो नै तर काखमा ६ महिनाको छोरी भएकी कृष्ण कि जिवनसगिनि मनिषालाई आर्थिक रुपमा भएपनि साहरा बनेको छ, सुर्या लाईफ ईन्स्योरेन्स क.लि.
कृष्णले ५ वर्ष अगाडि सुर्या लाइफ ईन्स्योरेन्स बुटवल शाखाबाट २ लाखको सबधिक जीवन बिमा गरेका थिए । गएको साउन महिनाको २२ गते उनी आफैले काम गर्ने कम्पनीमा करेन्ट लागेर ज्यान गुमाए ।
शनिबार उनकै निवास बुटवल मजुवामा एक कार्यक्रमका बिच खड्काका परिवारलाई सुर्या लाईफ ईन्स्योरेन्सका बुटवल शाखा प्रमुख जुना कुवर र भैरहवा शाखा प्रमुख खेम थापाले चेक हस्तान्तरण गरेका छन । कृष्णकि आमा लक्ष्मी खड्कालाई जीवन बिमाबाट प्राप्त दाबी भुक्तानीको रकम चार लाख ५४ हजार चार सय मध्ये तीन लाख ८१ हजार एक सय उनन्चास रुपैयाँको चेक हस्तान्तरण गरेको बुटवल शाखा प्रमुख कुवरले बताइन । साथै 73 हजार दुई सय एकाउन्न खडकाले बिमा कम्पनीबाटै ऋण लिएका थिए । उनले वार्षिक १४ हजार दुई सय उन्न्नाईस रुपैयाँ किस्ता तिर्ने गरि जीवन बिमा गरेका थिए ।
खडकाकी आमाले भनिन छोरो मरेर गएपनी बिमा कम्पनि आर्थिक कुरामा सहयोगी बन्यो, यो पैसालाई जथाभावी खर्च गर्न दिन्न, उसैको छोरीको लागि राखिदिनु पर्छ, त्यसपछी हामीसङ्ग बोल्नै सकिनन, उनलाई आँसु थाम्नै गार्हो भयो । मलिन अनुहार मा रहेकी कृष्णकि पत्नी मनिषा धुमिलो मुस्कान निकालेर भनिन श्रीमान त गुमाए नै उहाले बिमा गर्नु भएको हुनाले यो सानो छोरी हुर्काउन मलाइ केही सजिलो हुने भयो । यो पैसाले छोरीलाई राम्रो स्कुलमा पढाउने हो । उनी भावनामा बग्दै गइन, छाडेर जानेले गएपनि मर्न सकिदो रहेनछ बाचेपछि आवस्यकताको चाङ्ग धेरै नै हुदो रहेछ, अहिले त केही सोच्नै सकिरहेको छैन । यो बिमाबाट आएको पैसाबाट केही नयाँ काम गर्नुपर्ला मुख्यत छोरीको भविष्यको लागि उनले भनिन । खडका परिवारमा आमा भाइ श्रीमती र छोरी छन ।
बुटबल शाखा प्रमुख जुना कुंवरको अध्यक्षता वडा सदस्य नकुल शाही प्रमुख अतिथी रहेको चेक हस्तान्तरण कार्यक्रममा कृष्ण के.सी., टेक बहादुर क्षेत्री, भैरहवा शाखा प्रमुख खेम बहादुर थापा लगायतको उपस्थिती रहेको थियो, कार्यक्रको सञ्चालन बुटबल शाखाकी सुनिता क्षेष्ठले गरेकी थिईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय