१४ मंसिर, खुल्लान्यूज
जिल्ला ब्यूरो । पछिल्लो समय नेपाली समाजमा पनि पश्चिमेली मुलुकको सभ्यताले बजार जमाएकै छ । सड्कमा बेवारिसे सानो बच्चा दुध खान नपाएर रोईरहेको हुन्छ तर हामी नदेखेझै गरेर मन्दिरको मुर्तीमा दुध चढाएर आत्मशान्ती गर्छौ । हुन त प्रबिधीले बिश्वलाई नै साँघुरो बनाउदै लगेको छ, त्य सैले पनि आफ्नो सभ्यता संस्कृती रहनसहन भन्दा पनि अरुको देखासिकी गर्ने, ऋण खोजेर भएपनि चाडपर्व र विवाह जन्मदिन जस्ता सामाजिक कार्यलाई भड्किलो बनाउने नेपालीको बानी बनीसकेको छ । सामान्यतया जन्मदिनमा केक काट्ने पार्टी प्यालेसमै गएर पार्टी गर्ने नाचगान गर्ने कार्य हाम्रो संस्कृती झै बनिसकेका छन ।

तर यही समाजको बिचबाट एकजना युवा उदाहरण बनेका छन, गुल्मीको धुर्कोट गाउँपालिका ७ वाग्लाका सुर्यप्रसाद घिमिरे । उनले आफ्नो जन्मदिनको अबसरमा न त केक काटे, न त कोही साथीभाई आफन्त बोलाए, न उनि कुनै रमाईलो भोजभतेरको कार्यक्रम गरे, उनले बोलाए त केबल स्कुलका प्रधानाध्यापक र कक्षा ६ मा पढ्ने सन्तोस घिमिरेलाई । धुर्कोटका सुर्य घिमिरे लामो समयदेखि सदरमुकाम तम्घासमै बस्छन । उच्च शिक्षाको लागी सदरमुकाम पसेका घिमिरे सानै उमेरदेखि अनेरास्ववियूको राजनितीमा संलग्न छन साथै उनि ब्यावसायी पनि हुन ।
घिमिरेले यस पटकको आफ्नो जन्मदिनको खर्च एक जेहेन्दार बिद्यार्थीको लागी खर्च गरेका छन । उनले धुर्कोट कै भगवति मा.वि.कक्षा ६ मा अध्ययनरत बिद्याथीं सन्तोष घिमिरेको एक वर्षको सम्पूर्ण खर्च आफुले व्यहोर्ने बताएका छन । आईतबार एक कार्यक्रमका बिच सन्तोषको लागी आबश्यक पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन । कार्यक्रमा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिती रहेको थियो । सन्तोषका बुवा नेत्र घिमिरे बैदेशिक रोजगारीमा थिए तर पछिल्लो समय कोरोना भाईरसको कारण उनको जागिर गुम्यो अहिले उनि लामो समयसम्म बेरोजगार छन । आर्थिक अभावको कारण सन्तोषको पढाई बिचमै अलपत्र पर्ने अवस्थामा थियो । ´यो कार्य ठुलो नभएपनि समाज परिवर्तनको लागी सन्देश दिन खोजेको हुँ, परस्थिती राम्रै रहे आगामी वर्ष पनि मेरो जन्मदिको खर्च समाजसेवामा लगाउने छु । यसबाट मलाई खुशी मिलेको छ` घिमिरेले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय