मसिंर १६ (जिल्ला व्युरो) जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा स्थानीय तहहरुको आ.व. २०७६/७७ को वार्षिक प्रगति समिक्षा कार्यक्रममा पुर्वमन्त्री तथा गुल्मी क्षेत्र नंं.२ का सांसद गोकर्ण विष्टले आफूले नजानेको कुरा अरुबाट सिक्दा सानो नहुने बताएका छन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा पुर्वमन्त्री बिष्ट्ले स्थानीय तहले कार्यक्रम तथा वजेट निर्माण गर्दा अरुसंग समन्वय गर्न कन्जुस्याइँ गरेको बन्दै, आगामी दिनमा यस्ता कमजोरीहरुबाट पाठ सिक्नुपर्ने स्थानिय विकासमा नागरिकले अपनत्व लिनसक्ने गरि वातावरण बनाउनु पर्नेमा जोड दिए । साथै आफुले नजानेको कुरा कसैलाई सोध्दैमा कोहिपनि सानो हुँदैन,कर्मचारीहरु पनि आफ्नो डियुटि मात्र नगरी जिम्मेवारीपूर्वक विकास निर्माणलाई थप प्रभावकारी बनाउनका लागी नयाँनयाँ ज्ञान, सिपमा समेत अपडेट हुनुपर्छ उनले भने । कार्यक्रममा १२ वटै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुले आ–आफ्नो स्थानीय तहको वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए ।
साथै गुल्मीको १२ वटै स्थानीय तहहरुमा गरिव घरपरिवार पहिचान कार्यक्रम शुरुवात हुने भएको छ । गरिव घरपरिबार पहिचान तथा परिचयपत्र वितरण कार्य शुरु गर्नका लागी स्थानीय तहका जनप्रतिनीधिहरु तथा प्रमुख प्रशासकिय अधिकृतहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको जिल्ला समन्वयकर्ता सन्जीवनी अर्यालले बताईन । कार्यक्रममा पुर्वमन्त्री तथा गुल्मी क्षेत्र नं.२ का संघिय सांसद गोकर्ण विष्टको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश विशेषाधिकार समिति सभापति कमलराज श्रेष्ठ, प्रदेस सासद दिनेश पन्थीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमको समापनमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुखले मुल सडकबाट शाखा सडक विस्तार गर्दा त्यसको माटो मुल सडकको छेउछाउँमा जम्मा नगर्न, बाटो छेउछाउका रुखका हाँगाहरु र सडकको नालीहरु स्थानीय तहहरुलाई नै सफा गर्ने व्यवस्थापन मिलाइ दुर्घटना न्युनीकरणमा सघाउ पुर्याउन आग्रह गर्दै स्थानीय तहको समन्वयकारी भुमिकामा कुनै कमी हुन नदिने धारणा व्यक्त गरेका छन । कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समितिका समन्वय अधिकारी विजय कुमार कार्कीले गरेका थिए।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs