१९ मंसिर, खुल्लान्यूज
मनोज कार्की । गुल्मीमै पहिलो पटक कृषकले उत्पादन गरेको कृषि उपजलाई बजारीकरण तथा कृषकलाई कृषिबाट आत्मनिर्भर बनाउनको लागि गुल्मीको मालिका गाउँपालिकाले हाट बजार संचालन गरेको छ ।
कृषि तथा पशुजन्य उत्पादन वृद्धि गरी उपयुक्त बजार पहुँच सुनिश्चित गर्ने उदेश्यका साथ २०७७ साल मंसिर १४ गते देखी गाउँपालिकामा हाट बजार संचालनमा ल्याएकोे छ । प्रत्येक बार प्रत्येक वडामा गाउँपालिकाले हाट बजार संचालन गरेको छ । गाउँपालिकामा आठ वटा वडा रहेका छन् ।
गाउँपालिकाले शुक्रबार अर्जैमा संचालन गरेको हाटबजारमा मुला , सिन्की,लोकल कुखुरा, बोका,सुन्तला,भकिम्लो,बेसार ,खुसार्नी, बन्दागोभि,फुलगोभि,धनियाँ,स्थानिय उत्पादन हसिँया, भुजेरी, चाल्ना लगाएत स्थानिय स्तरमा उपलब्ध तथा निर्माण गरिएका सामाग्री राखिएको थियो।
कृषि उपजहरुलाई प्रर्दशनी गर्न पाउदाँ कृषक उत्साहित छन् । गाउँपालिकाले संचालन गरेको हाटबजार ब्याबस्थीत बनाउनु पर्ने स्थानिय कृषकले माग गरेका छन् । हरेक घर घरमा उत्पादन गरेका उपजलाई हाटबजारको माध्यमबाट प्रचारप्रसार गरी कृषकको उत्पादनलाई बृद्धि गर्ने तयारीमा छ । मालिका गाउँपालिका रहेको गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीले जानाकारी दिए ।
मालिका गाउँपालिकाले हाटबजारमा स्टल राख्ने कृषकलाई दैनिक ५० रुपैयाँ दिने ब्याबस्था गरेको छ । कृषिमा २० लाख र पशुपालनमा २० लाख गरि ४० लाख रकम बजेट बिनियोजन गरिएको छ । गाउँपालिकामा उत्पादन गरेका उपजहरुलाई सहकारी मार्फत तम्घास बुटवल लगातएका बजारमा बजारीकरण गर्ने मालिका गाउँपालिकाले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs