१९ मसिर,खुल्लान्यूज हुमाकान्त पोखरेल । गुल्मीमा लैङ्गिक हिसां न्यूनिकरणमा सराेकारवालाकाे भूमिका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । एकीकृत ग्रामिण विकास समाज अन्तरगत रहेका दलित महिला संघ, महिला मानवअधिकार रक्षक संजाल र सुआहाराकाे आयाेजनामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा महिला हिसां, कानुनी उपाय, महिला हिसांका कारण र समाधानका उपाय लगायतका बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियाे । कार्यक्रममा अधिवक्ता विनाेद पाण्डेयले महिला तथा घरेलु हिसांकाे बारेमा प्रशिक्षण दिनुभएको थियाे । उहाँले घरेलु हिसांमा परेमा महिलाहरूले न्याय खाेज्ने उपाय, कानुनी व्यवस्था लगायतका बिषयवस्तुकाे बारेमा जानकारी गराउनुभएकाे थियाे । सुआहारा परियाेजनाका फिल्ड संयाेजक राजेन्द्र विश्वकर्माले स्वास्थ्य र पाेषणका कारण सुत्केरी तथा गर्भवती महिलाको स्वास्थ्यमा पार्ने प्रभावकाे बारेमा जानकारी गराउनु भएकाे थियाे । कार्यक्रममा विभिन्न सराेकारवालाहरूकाे उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय