१९ मसिर,खुल्लान्यूज । गुल्मीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । जिल्लको मुसिकोट नगरपालिका वडा न.७ वामिटक्सारका २६ वर्षीय धिरज कार्कीको आफ्नै घरको मोबाईल पसलमा तार सर्ट भई करेन्ट लागेर ज्यान गएको हो ।
लुम्बिनी प्रदेश प्रहरीका अनुसार कार्की करेन्ट लागेपछि बेहोस भएका थिए । बेहोस बनेका उनलाई आफन्तले उपचारका लागि लुम्बिनी अस्पताल वामी पुर्‍याएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय