२० मंसिर,खुल्लाज्यूज
हुमाकान्त पोखरेल। ‘प्राकृतिक श्रोतमा स्थानीय समुदायको अधिकार’ भन्ने बिषयमा गुल्मीमा जिल्ला स्तरीय संवाद कार्यक्रम तथा विस्तारित बैठक सम्पन्न भएको छ । पारिवारिक निजी वन संघ, नेपाल जिल्ला शाखा गुल्मीको आयोजनामा सम्पन्न भएको कार्यक्रममा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा पारिवारिक निजी वन संचालनका समस्या, निजी बनको उपयोग, निजी वनका कानुनी झन्झट लगायतका बिषयमा छलफल गरिएको थियो । त्यसका साथै सहभागिहरुले निजी जग्गामा हुर्किएका काठ कटान तथा निकासीको लागि लामो कानुनी झन्झट पुरा गर्नुपर्ने र त्यसले गर्दा समग्र निजी बनक्षेत्रको विकासमा बाधा परेकोले यस्ता समस्या नीतिगत रुपबाटै समाधान गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सासंद दिनेश पन्थीले कार्यक्रममा उठेका समस्या तथा जिज्ञासाहरुलाई प्रदेश सरकारको संसदमा उठाउने र समाधानका लागि पहल गर्ने बताए । कार्यक्रम पारिवारिक निजी वन संघ गुल्मीका अध्यक्ष नारायण कुँवरको अध्यक्षता तथा सचिव विष्णु विकको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय