२२ मंसिर, खुल्लान्यूज
महेन्द्र घिमिरे, मुसिकाेट ।
मुसिकोट नगरपालिका वास शाखा को आयोजनामा सफा पानी सुरक्षीत जिन्दगानी भन्ने मुल नाराका साथ खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुलाइ चरणबद्ध कार्यपद्धती सम्बन्धि २ दिने तालिमको उदघाट्न भएकाे भएकाे छ ।
मुसिकोट नगरपालिका भित्र यस आर्थिक बर्ष २०७७/०७८ मा संचालित योजनाहरुका अध्यक्ष सचीव र कोशाध्यक्ष लाई यो तालिम प्रदान गरिनेछ । मुसिकोट नगरपालिका भित्र १ घर १ धाराको अबधारण अनुरुप कार्य अगाडी बढाईएकाे छ । उक्त कार्यक्रममा बोल्दै खानेपानी योजनालाइ दिगो रुपमा सचालन गर्न संस्थागत बिकास गर्न, क्षमता बिकास लगायत निमार्ण कार्य लाई ब्यबस्थित गर्ने यस तालिमले सहयोग पुर्याउने तालिम संयाेजक सीता भुसालले बताइन् । कार्यक्रम मा बोल्दै प्रमुख अतिथी तथा लुम्बिनी प्रदेश साम्सद खडग के.सि. ले प्रदेश सरकारले खानेपानी लाई प्रमुख प्राथमिकता मा राखेर काम गरिरहेको बताउदै नागरिकहरुलाइ सुरक्षीत र शुद्ध खानेपानीको पहुँचमा पुर्याउन रकम को कुनै कमि नहुने बताए ।
मुसिकोट नगरपालिकामा हाल सम्म ३५०० घरधुरीमा १ घर १ घारा पुर्याइएको र यस आर्थिक बर्षमा थप १००० घरधुरीमा पुग्ने मुसिकोट नगरपालिका १ घर १ धारा संयोजक नारायण सापकोटाले जानकारी गराए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs