२२ मंसिर, खुल्लान्यूज
महेन्द्र घिमिरे, मुसिकाेट ।
सालिमे स्मार्ट कृषि गाउँ मौरी पकेट समूह मुसिकोट ८ र ९ को उदघाट्न समारोह सम्पन्न गरिएको छ।
मुसिकोट नगरपालिका ८ र ९ मा शालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रमको लागि लुम्बिनी प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मुसिकोट नगरपालिकाको साझेदारमा यस आर्थिक बर्षको लागि बिनियोजित रकम साठी लाख मध्ये बाट कृषकलाइ १०० घार मौरी ५ वटा मह मदानी एक आधार चाका बनाउने मेसिन निशुल्क उपलब्ध गराएको छ। साथै बीउ बितरण तालीम लगायतका अन्य कार्यक्रम क्रमश सञ्चालन गरिने बताइएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेस साम्सद खड्ग के.सि. ले मौरीपालन मार्फत मुसिकोट नगरपालिका ८ र ९ का कृषकहरुको जीवन स्तरमा सुधार गरि आयस्तरमा वृद्धि गर्ने, टेवा पुर्याउने साथै मुसिकोट नगरपालिकालाई महमा आत्मनिर्भर बनाउन यस कार्यक्रमले योगदान पुर्याउने बताए ।
मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले कृषि र पशुपालन को क्षेत्रमा नगरले अनुदान, तालीम लगायतको बिषयमा काम गरिरहेको बताए । कार्यक्रममा कृषि ज्ञान केन्द्र गुल्मी प्रमुख सन बहादुर राना, अधिकृत हरि आचार्य, मुसिकोट कृषि अधिकृत जनक पौडेल लगायतको उपस्थित रहेको थियो।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs