२५ मंसिर,खुल्लान्यूज
जिल्लाब्यूरो । “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता,व्यक्ति,समाज र सबैको ऎक्यबद्वता”भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा एवं अन्तरक्रिया कार्यक्रम सामाजिक विकास डिभिजन कार्यालय पाल्पा र जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा जिसस सभाहलमा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति, गुल्मीका प्रमुख लक्ष्मण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा,जिल्ला समन्वय अधिकारी विजयकुमार कार्की,स्थानीय तहका उप प्रमुख/उपाध्यक्षहरु,जिल्ला समन्वय समितिका पदाधिकारी एवं सदस्यहरु,लैङ्गिक हिंसा/महिलाको क्षेत्रमा काम गर्ने संघ/संस्थाका प्रमुखहरु,पत्रकारहरुको उपस्थिति रहेको थियो। उपस्थित संघ/संस्था र स्थानीय तहका उपाध्यक्षहरुले आफ्नाे पालिकामा संचालन गरेका कार्यक्रम बारे प्रस्तुत गर्नुका साथै सामाजिक विकास डिभिजन कार्यालयका लक्ष्मण ज्ञवाली,प्रहरी सहायक निरीक्षक(महिला सेल) ज्ञान ब कुवर,जिल्ला कानुनी मस्यौदा संयोजक अधिबक्ता नेत्र प्रसाद पाण्डेयको समेत प्रस्तुति रहेको कार्यक्रमकाे संचालन जिल्ला समन्वयकर्ता सन्जिवनि अर्यालले गरेकी थिइन ।
साथै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा ७२औ अन्तर्राष्ट्रिय मानबअधिकार दिबस को अबसरमा मुसिकोट नगरपालिका गुल्मिको आयोजनमा मानव अधिकार र लैङगिक हिंसा न्यूनीकरण विषयक अन्तरक्रिया कार्यक्रम २०७७ सम्पन्न गरिएको छ। लैङ्िगक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ती समाज र सबै को एक्यवद्धता भन्ने नाराको साथ यो अभियानको समापन दिन उक्त कार्यक्रम आयोजना गरिएको हो। महिलामैत्री कानुनी प्राबधानहरु समाजमा घट्ने हि‌सा‌ं लगायतका विभेद पुर्ण व्यबहारको अन्त्यको लागि गरिने कार्यको विषयमा जानकारी गराइएको थियो। मुसिकोट नगरपालिका वडा न १-९ सम्मका विभिन्न संघ सस्थामा आबद्ध महिलाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय