२६ मंसिर, खुल्लान्यूज
महेन्द्र घिमिरे, मुसिकाेट । महिला सामुदायिक स्वास्थ स्वमसेविकाहरुलाई ९ दिने आधारभूत तालिम एक समारोह बिच समापन गरिएको छ।
स्वास्थ कार्यलय गुल्मी को आयोजना तथा मुसिकोट नगरपालिका स्वास्थ्य शाखाको सहजीकरणमा मुसिकोट नगरपालिका भित्रका २६ जना नयाँ स्वम सेविकाहरु लाई आधारभुत तालीम प्रदान गरिएको हो । पहिलो चरण अन्तरगतको ९ दिनको तालीम समापन गरिएको हो भने दोस्रो चरणको ९ दिनको तालीम पछि उपलब्ध गराइने छ।
आधारभुत तालीमले स्वम् सेविकाहरुलाई कार्यक्षेत्रमा काम गर्दा सहजता प्रदान गर्ने छ।
समापन कार्यक्रममा बोल्दै उप प्रमुख तथा प्रमुख अतिथी कमला सर्माले बिपद तथा कोरोना को समयमा स्वास्थ्य स्वम सेविकाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा अझ बढी खट्नुहुने आशा ब्यत्त गर्नुभयो ।
‌मुसिकोट नगरपालिका स्वास्थ्य सम्योजक डि.बि. जि.सि. ले स्वमसेबिकाहरुले तालीममा सिकेका कुरा ब्यवहारमा उतारी काम गर्न अनुरोध गर्नुभएको छ। उक्त समापन कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल एफ सि ह्च यु आधरभुत तालीम सभापति श्री कृष्ण भट्टराई मुसिकोट स्वास्थ्य सम्योजक डि.बि. जि.सि. उप संयाेजक पुष्कर गौतम स्वसेबिकाहरु लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर